site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर

बलेवा । वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । 

आइतबारको वर्षापछि पहिरोले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

सदरमुकाम बागलुङ बजारबाट बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानले प्रयास गरिरहेका छन् । 

तर, सोही पहिरोका कारण करिडोरसमेत अवरुद्ध छ । रासस

 

 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro