अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘गुनासो सुनुवाइ डेस्क’ स्थापना गरेको छ ।
लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधन गर्नको लागि डेस्कको स्थापना गरिएको हो ।
बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा ‘गुनासो सुनुवाइ डेस्क’ स्थापना गरेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकको अनलाइन गुनासो पोर्टल, टोल फ्री नम्बर र इमेल वा कार्यालय समयमा निवेदन दर्ता गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० १७:२३
प्रतिक्रिया दिनुहोस्