site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्देशनमा फर्किंदै दीपक रौनियार, रामबाबुसँग टाइअप
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्देशक दीपक रौनियारले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । ‘हाइवे’ तथा ‘सेतो सूर्य’ पछि उनी ‘राजागन्ज’बाट पुनः चलचित्रमा फर्किन लागेका हुन् ।

सन् २०१७ की मिस नेपाल निकिता चाण्डक र दयाहाङ राईलाई लिएर उनले चलचित्र निर्देशन गर्न लागेका हुन् । निकिताको ‘साङ्लो’पछि यो दोस्रो चलचित्र हुनेछ । 

सिनेमालाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्नेछन् ।

चलचित्रमा निकितासँगै अर्की एक अभिनेत्रीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । चलचित्र पुलिस थ्रिलरको जानरामा निर्माण हुनेछ । 

चलचित्रमा निकिता र दयाहाङसँगै आशा मंगरातीको प्रमुख भूमिका रहनेछ । ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल, पुष्पा यादवको पनि अभिनय रहनेछ ।

रामबाबुले निर्देशक रौनियारसँग काम गर्ने चाहना सुरुदेखि नै रहेको भन्दै अहिले त्यो अवसर जुरेकोमा खुसी लागेको बताएका छन् । यो चलचित्र नेपाली सिनेमा क्षेत्रका लागि कोशेढुंगा हुने पनि उनले विश्वास व्यक्त गरेका छन् । 

साउन १२ गतेदेखि सिनेमाको छायांकन सुरु हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro