site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिग मार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

काठमाडौं । बिग मार्टले स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट अफर सार्वजनिक गरेको छ ।

१४औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर ल्याएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस अफरमा ग्राहकहरुले कुनै पनि सामान खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गरेर १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अफर असार १६ देखि साउन १५ सम्म रहने छ ।

स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्