अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुने खाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको बताएका छन् । सरकारले व्यवस्था गरेको करले गरिब जनतालाई नछुने उनको दाबी छ ।
आइतबार प्रतिनिधिसभामा छलफलका लागि पेस भएको आर्थिक विधेयक, २०८० मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले सरकारले गरिबीको पक्षमा बजेटमा करको व्यवस्था गरेको दाबी गरे ।
सांसदहरूले सरकारले ल्याएको बजेट र कर वृद्धि गरिबमैत्री नभएको बताएका थिए ।
मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्था भएबमोजिम आवश्यकता देखेर हवाइ भाडा तथा विलासिता करको व्यवस्था गरेको बताए ।
आजै आर्थिक विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १६:५०
प्रतिक्रिया दिनुहोस्