site stats
बाह्रखरी :: Baahrakhari
देश
यी नदीमा छ आकस्मिक बाढीको सम्भावना, सतर्क रहन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगै देशका सानाठूला नदीहरूमा पानीको बहाव क्रमशः बढ्दो क्रममा छ ।

आज इलाम, झापा, पाँचथर, संखुवासभा, मकवानपुर, बारा र पर्सा भई बहने केही स–साना नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी क्षेत्रका केही नदीमा आकस्मिक बाढीको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन प्रमुख नदीहरू र तिनका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो रहने पूर्वानुमान छ ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्