site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीमा समस्याले निकास पाउँछ : परराष्ट्रमन्त्री
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

डडेलधुरा । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखाले शनिबार डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन् ।

“अलिकति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौँ । हाम्रो परराष्ट्र नीतिका सम्बन्धमा हामीले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित मूल्य र मान्यतालाई सम्मान गर्छौँ,” उनले भने, “त्यसलाई हामी व्यवहारमा पनि लागु गर्न चाहन्छौँ । संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी सामेल हुँदैनौँ । तर, संसारमा हुने घटनामा हामी तटस्थ बस्छौँ, बोल्न सक्दैनौँ, हाम्रो विचार नै छैन भन्नेचाहिँ होइन ।”

परराष्ट्र नीति परस्पर सन्धि र विगतको सम्झौतामा टेकेर सम्बन्ध सुधार हुने मन्त्री साउदले जनाए । उनले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रका रूपमा निष्पक्ष किसिमले हेरिरहेको बताए ।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताए । कूटनीतिक तवरबाट समस्या सुल्झाउनेतिर सरकार लागिपरेको उनले जनाए ।

“कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने ‘रेस्पोन्स’ हामीले कूटनीतिक रूपमा प्राप्त गर्नुपर्थ्यो, त्यो विगतमा गर्न सकिएको थिएन । भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवाद वार्तामार्फत सामाधान गर्नुपर्छ भनेर बोल्नुभएको छ,” उनले भने, “त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ ।”

यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रस्ट पारे । बाहिर हल्ला आएअनुसार नेकपा (एमालेस)ँग मिल्ने कुनै सम्भावना नरहेको उनको दाबी थियो ।

नेपाली कांग्रेस डडेलधुराको जिल्ला सम्मेलन उद्घाटन गर्न उनी यहाँ आएका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro