1635266124.jpg)
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।
पछिल्ला दुई घण्टा इलामको जितपुर, बारफल्याङ र आसपास तथा झापाको दमक र आसपास भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिरिङ खोला, रतुवाखोला लगायत झापा भई बहने अन्य केही ससाना नदीमा जलसतह आकस्मिक बढ्न सक्ने भएकाले भोलि (शुक्रबार)सम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौं उपत्यकमा आज राति र भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।