site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको ६ महिने उपलब्धि : अयोग्य लडाकुलाई दुई लाख, आठ हजार ४७१ जनालाई सहिद घोषणा
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ६ महिनाको उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलब नलिने निर्णय गरेको तथा सवारीसाधन खरिद नगर्ने¸ इन्धन¸ मर्मत सम्भार¸ पत्रपत्रिका र फर्निचरलगायतका खर्च घटाउने निर्णय गरेको भन्दै सरकारले यसलाई उपलब्धि मानेको छ ।

प्रधानमन्त्रीको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाको उपलब्धि विवरणमा अनावश्यक भ्रमण रोक लगाउँदा सार्वजनिक खर्चमा मितव्ययीता कायम भएको उल्लेख छ । साथै, सरकारी कार्यसञ्‍चालन खर्चमा उल्लेख्य रूपमा कटौती गर्ने¸ सेवा करार दरबन्दी सिर्जना नगर्ने, अत्यावश्यक बाहेकका तालिम¸ गोष्ठी¸ सेमिनारलगायतका कार्यक्रमहरू स्थगित गर्ने निर्णय भएको भन्दै ६ महिनाको उपलब्धिको रूपमा उल्लेख गरिएको छ ।

सरकारले ६ महिनाको अवधिमा अयोग्य लडाकुलाई कार्यविधि तयार गरी प्रतिलडाकु दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको छ ।

“अनमिनको प्रतिवेदनमा नाम तथा विवरण समावेश भएका र नागरिकताअनुसार प्रमाणीकरण हुने अयोग्य लडाकुलाई कार्यविधि तयार गरी प्रतिलडाकु दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको,” प्रगति विवरणमा लेखिएको छ ।

यस्तै, सरकारले ६ महिनामा विभिन्‍न मितिमा सहिद घोषणा भएर नेपाल राजपत्रमा प्रकाशन हुन बाँकी रहेका आठ हजार ४७१ जना सहिदको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिएको विषयलाई उपलब्धिको रूपमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro