site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभा बैठकको कार्यसूची सार्वजनिक
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।

कार्यसूचीअनुसार बैठकको सुरुमा अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरिनेछ । त्यसपछि प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरिनेछ ।

त्यसपछि मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लागिएको हो । कार्कीलाई हाल नेकपा (एमाले)बाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मात्र साथ छ ।

adf1688020000.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro