site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पाँच साहित्यिक पत्रकार सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल साहित्यिक पत्रकार संघको १७औँ स्थापना दिवसका अवसरमा संघले पाँच साहित्यिक पत्रकारलाई सम्मानित गरेको छ ।

‘साहित्यिक पत्रकारिता सम्मान’बाट सम्मानित हुनेहरूमा नगेन्द्रराज शर्मा, हिरण्यकुमारी पाठक, रामभरोस कापडी भ्रमर, डी.आर. पोखरेल र खिमानन्द पोखरेल छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यिक पत्रकारहरू पाठक, भ्रमर, डीआर पोखरेललाई सम्मानित गरे ।

कार्यक्रममा अनुपस्थित साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको सम्मानपत्र अर्का साहित्यिक पत्रकार रामप्रसाद पन्तले र खिमानन्द पोखरेलको उनका आफन्तले बुझे ।

Global Ime bank

कार्यक्रममा कुलपति राई, संघका अध्यक्ष मोहन दुवाल, अग्रज साहित्यिक पत्रकार रोचक घिमिरे, वियोगी बुढाथोकी, सम्मानित व्यक्तित्वहरू पाठक, भ्रमर र डीआर पोखरेलले आफ्नो मन्तव्य राखेका थिए ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement