site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परस्त्री’ बिहीबार नै रिलिज हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’ बिहीबार (भोलि) रिलिज हुने भएको छ । शुक्रबार रिलिज हुने भनिएको चलचित्र एक दिन अगाडि रिलिज हुने भएको हो ।

‘परस्त्री’लेखक तथा निर्मातासमेत रहेका दीपेन्द्र के खनालले हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले आफूहरूले पनि ‘परस्त्री’ भोलि नै रिलिज गर्न लागेको बाह्रखरीलाई जानकारी दिए । 

“भारतीय सिनेमा भोलि नै रिलिज हुने भएपछि हामीले पनि एक दिन अगाडि परस्त्री रिलिज गर्ने निर्णय गरेका हौँ,” दीपेन्द्र बाह्रखरीसँग भन्छन्, “भारतीय सिनेमा एक दिन अगाडि रिलिज हुने तर हाम्रो सिनेमा एक दिन पछाडि प्रदर्शनमा आउँदो त्यसको असर नपरोस् भनेर बिहीबार नै आउने भएका हौँ ।”

सुरज पाण्डेको निर्देशन ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।  

‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro