site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कार्यालयको संरचना केही समयभित्रै बदलिन्छ : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयको संरचना केही समयभित्रै बदल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयमा सचिवहरु उत्साहित हुनुपर्ने ठाउँमा झोक्राएर बस्नुपर्ने अवस्था रहेको केही समयभित्रै यो संरचनालाई बदल्ने बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयबाट सन्तुष्ट नरहेको भन्दै केही नयाँ गर्न चाहेकाले राम्रा सुझाव स्वीकार्य हुने बताए । उनले आफूले विकासको तुफान आइसक्यो नभनेको भन्दै अहिले जसरी नै काम भए तुफान आउन सक्ने बताए । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री प्रचण्डले योजना आयोगलाई अझ प्रभावकारी बनाउन राजनीतिक तहमा समेत छलफल सुरु गरिसकेको जानकारी दिए । उनले भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनका विषयमा आफूले पहल गरेको भन्दै छिट्टै बुझ्ने विश्वास व्यक्त गरे । 

उनले ठूला आयोजनामा भ्रष्टाचार र लागत बढ्दै जानु गम्भीर चासो र चिन्ताको विषय भएको बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro