site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बूढीगण्डकी परियोजनाको कार्यालय असारमै उद्घाटन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी परियोजनाको कार्यालय असारमै उट्घाटन हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले उक्त परियोजनालाई अघि बढाउनको लागि यही महिनाभित्र कार्यालय उद्घाटन गरिने बताएका हुन् ।

कार्यालय उद्घाटन र परियोजना शिल्यान्यासको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्