site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपाली युवकहरू युक्रेन युद्धमा रुसका तर्फबाट लडेको समाचारलाई समेत सरकारले सामान्यरूपमा लिएको देखियो । ‘लाहुरे’ संस्कारले जरो गाडेको समाजले पनि सरकारी निस्पृहतामा ध्यान दिएन । 

नेपाल सरकारले युक्रेन युद्धमा नेपाली नागरिक पनि संलग्न हुँदा आइपर्ने गम्भीर कूटनीतिक परिणामको बेवास्ता गर््यो । साथै त्यसबाट उत्पन्न हुनसक्ने मानवीय समस्याप्रति पनि संवेदनशील देखिएन ।

यसैबीच युक्रेनमा रुसका तर्फबाट युद्धरत ‘वाग्नर ग्रुप’ भनिने भाडाका सैनिकहरूले गरेको असफल विद्रोहमा समेत नेपाली लडाकु पनि संलग्न भएको आशंका गरिएको छ । तिनको अवस्था पनि अज्ञात छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय सञ्चार माध्यमहरूले समेत यस समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेका छन् । तिनमा ‘अग्निवीर’ योजनामा सहभागी हुन रोकिएकाले नेपाली युवा रुसी सेनामा गएको तर्कसमेत गरिएको छ ।

भारत र बेलायतले त नेपालसँग सन्धि गरेरै गोर्खा भर्ती गरेका हुन् । तैपनि, त्यसले नेपाली स्वाभिमानमा चोट त लागेको छ । रुस वा युक्रेनसँग भने नेपालले सन्धि पनि गरेका छैनन् । यसैले नेपाली नागरिक तिनका युद्धमा सामेल हुनु अवैध हो । 

Global Ime bank

अवैध लडाकुहरूमाथि युद्ध अपराधको अभियोग लाग्न सक्छ । उनीहरू घाइते वा अङ्गभङ् भएका अवस्थामा नेपाल फर्काइन सक्छन् । कदाचित्, त्यसो भएमा अकल्पनीय मानवीय समस्या उत्पन्न हुनेछ । 

ती लडाकुले सैनिक तालिम पाएका हुन्छन् । नेपाल फर्केपछि तिनले आफूले सिकेको युद्ध कौशलको दुरुपयोग गर्न सक्छन् । तिनीहरू संगठितरूपमा अपपराधमा लागि भने शान्तिसुरक्षाको विकराल सङ्कट आइपर्न सक्छ ।     

आफ्ना नागरिकलाई भाडाका सैनिकका रूपमा काम गर्न दिनु अन्तर्राष्ट्रिय कानुनअनुसार पनि अवैध हुन्छ । भाडाका सैनिकका रूपमा काम गर्न गएका नेपाली युवालाई फर्काउने प्रयास सरकारले थालिहाल्नु जरुरी देखिन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय