site stats
बाह्रखरी :: Baahrakhari
देश
मण्डपमै ५० लाख दाइजो माग्ने अमेरिकी ग्रिन कार्डप्राप्त बेहुला नक्सालबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको नक्सालबाट एकजना बेहुलालाई मण्डपबाटै पक्राउ गरेको छ । मंगलबार (आज) दाइजोको मागेर विवाद गरेको आरोपमा बेहुलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका–६ का ३२ वर्षीय अनुराग रौनियार रहेका छन् । उनी काठमाडौंको ताहाचल बस्दै आएका थिए । उनीसँग अमेरिकाको ग्रिन कार्ड पनि छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार बेहुला पक्षले बेहुली पक्षबाट ५० लाख रुपैयाँ दाइजो मागेको खुलेको छ । बेहुला पक्षले विवाहका क्रममा आफूहरूले मागे जति दाइजो नपाएको र जन्तीलाई पनि राम्रो स्वागत नगरेको भन्दै ५० लाख रुपैयाँ दाइजो नपाए विवाह रद्द गर्ने अडान लिएको थियो ।

मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेइज्जती तथा हातपात भएको प्रहरीले जनाएको छ । 

विवाह खर्च बापत बेहुला पक्षले पटकपटक गरी २२ लाख रुपैयाँ लगेको बेहुली पक्षको दाबी छ । 

घटनाबारे अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको समय पाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  २२:२३
प्रतिक्रिया दिनुहोस्