site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अख्तियारद्वारा जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । जनस्वस्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । मिश्रविरुद्ध एक करोड ३० लाखभन्दा बढीको बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनलाई सार्वजनिक पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप छ । मिश्रले सार्वजनिक सेवामा प्रवेश गरेको २० वर्षे अवधिमा जम्मा गरेको करिब एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले आफ्नो विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा, ऐनको दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुन माग गरिएको छ । त्यस्तै, गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति निजको नाममा दर्ता रहेको सम्पत्तिबाट जफत गरी पाउन मागदाबी लिइएको छ ।

अख्तियारले मिश्रले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढेबढाएको सम्पत्ति समेत आफ्नी एकासगोलकी पत्नीहरू सरोज कुमारी र तुलसी कुमारी मिश्र शर्माको नाममा राखेको भन्दै उनीहरु समेतलाई प्रतिवादी कायम गर्न माग गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro