site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालका प्रायः सबै राजनीतिक नेतामा काम गर्ने होइन गरेजस्तो देखाएर जस लिने हुटहुटी बढी देखिन्छ । प्रारम्भिक काम नै नसकिँदै बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने हतार यसैको पछिल्लो उदाहरण हो ।

सरकारले ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरेको भए पनि बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रारम्भिक काम नै अझै सकिएको छैन । निर्माण विधिसमेत पटकपटक फेरिएको यो आयोजना शिलान्यास गर्न यसरी हतारिनुमा कुनै रहस्य होला कि रहरमात्रै ?

धरहरा उद्घाटन गरिएको दुई वर्षभन्दा बढी भइसक्यो । निर्माण कार्य सकिन भने अझै कति समय लाग्ने हो टुंगो छैन । काष्टमण्डपको उद्घाटन पनि त्यसरी नै हतारमा गरियो । परिणाम हतपतको काममा लतपत भयो । अहिले काष्ठमण्डपको अवस्था कस्तो छ भन्ने सायद उद्घाटन गर्नेलाई पनि थाहा नहोला ।

Prabhu Bank
Agni Group
NIC Asia

केही वर्ष पहिले एकैपटक ४०० जति अस्पताल बनाउने घोषणा गरियो । प्राविधिक तयारी, स्रोतको सुनिश्चितता केही पनि पूर्वतयारी नगरी अस्पताल बनाएको जस लिन हतारहतार शिलान्यास गरियो । अहिले तीमध्ये एकाधको मात्र निर्माण कार्य अगाडि बढेको छ । अरूको अवस्थाको विवरण पनि नहोला । 

यी केही प्रतिनिधिमूलक दृष्टान्तमात्र हुन् । उद्घाटनपछि अलपत्र छाडिएका वा शिलान्यास गरिएको ठाउँ नै हराएका योजनाको त सरकारसँग नाम पनि नहोला । तैपनि, यही हतपते प्रवृत्ति दोहोर््याउन सरकारी अधिकारीहरूले किन मरिहत्ते गरेका होलान् ? प्रधानमन्त्री किन हतारिएका होलान् ?

Global Ime bank

बुढीगण्डकी आयोजना सायद अब निर्माणको नजिक पुग्न लागेको छ ।  तर, अझै मुआब्जा वितरणसमेत पूरा भइसकेको रहेनछ । सायद, निर्माणको विधि, लगानी तथा ठेक्कापट्टाको विधि पनि टुंगिएको छैन । शिलान्यास भने यही महिनाभित्रै गर्ने भनिसके प्रधानमन्त्रीले !

सर्वोच्च अदालतको आदेश  आउने डरले हतारमा उद्घाटन  गरिएको पशुपतिनाथको सुनको जलहरी प्रकरण अन्ततः एउटा ‘काण्ड’ बन्न पुग्यो ।  तत्कालीन राष्ट्रपति र प्रधानमन्त्री जस लिने लोभ र लेख्नै नहुने ठाउँमा नाम लेखाउने रहरमा हतार गर्दा सधैंका लागि विवादमा परे ।

शिलान्यास गर्ने हतारमा बूढीगण्डकी जलविद्युत् आयोजनालाई अन्योलमा पार्नतिर भन्दा निर्माण हुने सुनिश्चित गर्नपट्टि लागे त जस यसै पाइन्छ । यसैले शिलान्यास स्थलमा नाम लेखाउने रहरमा हतार गर्नुभन्दा निर्माणको विधि र लगानी सुनिश्चित गर्न ध्यान दिनु बुद्धिमानी हुनेछ । 

यही आर्थिक वर्षका लागि विनियोजित रकम खर्चनका लागि हतार गरिएको हो भने कार्यालय स्थापनालगायतका काम गरे हुन्छ । लगानीको सुनिश्चततासँगै परामर्शदाता, ठेकेदार छनोटको काम अगाडि बढे त आयोजना बन्ने विश्वास जनताले पनि गर्नेछन् । आयोजना बन्ने सुनिश्चित भएपछि शिलान्यास त ढिलोचाँडो कसो नहोला र ?   
    

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय