site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचन कार्यालय सीडीओको मातहतमा राख्ने प्रस्ताव खारेज गरिन्छ : रमेश लेखक
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले जिल्ला निर्वाचन कार्यालय प्रमुख जिल्ला अधिकारीको मातहतमा राख्ने प्रस्ताव सरकारले खारेज गर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले आज अर्थमन्त्री डा. प्रकाशशरण महतले सदनमा बोल्ने र बजेटमा गरिएको उक्त प्रस्ताव खारेज गरिने जानकारी दिए ।

Argakhachi Cement Island Ad

प्रमुख सचेतक लेखकले कांग्रेस पनि सरकारको यो कदमको विपक्षमा रहेको बताए । उनले निर्वाचन आयोगमा केही दिनअघि भएको छलफलमा पनि यो कदम सच्याउन राजनीतिक सहमति भएको उल्लेख गरे ।

“निर्वाचन आयोगमा सर्वदलीय बैठकमा यो कुरा भएको छ । त्यहाँ पनि निर्वाचन आयोगको निष्पक्षताको विषयमा सबै क्षेत्रलाई हेरेर बेग्लै र स्वतन्त्र राख्ने र तदनुरुप काम गरेर अघि बढ्ने निर्णय भएको छ, हस्ताक्षर भएको छ,” उनले भने, “आज अर्थमन्त्रीले जवाफ दिने क्रममा निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्ष बनाउन स्वतन्त्र कार्यालय अघि बढाउनुपर्छ, कुनै अन्य कार्यालय मा गाभिने छैन भनेर प्रतिबद्धता व्यक्त गर्नुहुनेछ । यो सरकारको पनि प्रतिबद्धता हुनेछ । कांग्रेस पनि यसको पक्षमा छैन ।”

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्