site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेयर बालेनविरुद्धको अवहेलना मुद्दा श्रेष्ठको इजलासमा
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्धको अदालतको अवहेलना मुद्दामा आज न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ तोकिएको छ । गएको शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा सो रिट निवेदन दायर गरेकी थिइन्

गएको आइतबार र सोमबार तोकिएको पेसी ‘हेर्न नभ्याइने’ हुँदै स्थगित गरिएको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको रिट दुवैपटक स्थगित गरिएको हो ।

आज न्यायाधीश श्रेष्ठको इजलासमा उक्त मुद्दाको पेसी १५औँ नम्बरमा तोकिएको छ । समय नपुगेमा आज पनि सुनुवाइ स्थगित हुनसक्छ ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्मको प्रदर्शन नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै मेयर बालेनले सामाजिक सञ्जालमार्फत आफूले आदेश नमान्ने बताएका थिए ।

“जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । सुनुवाइपछि निवेदन खारेज वा मेयर बालेनविरुद्ध कारण देखाऊ आदेश जारी हुनसक्छ ।

अदालतको अवहेलना गरेको ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अरू उपयुक्त आदेश हुनसक्छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro