site stats
बाह्रखरी :: Baahrakhari
देश
१४ अर्ब हिनामिना गरेको आरोपमा शिव शिखर सहकारीका अध्यक्ष शर्मा पक्राउ
प्रतीकात्मक तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । चौध अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । 

नेपाल प्रहरीको सीआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार नेपालगञ्ज बोर्डरबाट गएराति उनी पक्राउ परेका हुन् । “गएराति नेपालगञ्ज बोर्डरबाट हामीले पक्राउ गरेका हौँ । आज बिहान साढे १० बजे हामी यसबारे डिटेल सार्वजनिक गर्दैछौँ,” सीआईबी स्रोतले बाह्रखरीसँग भन्यो ।

रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्