site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सम्हालिँदै सेयर बजार, साढे ११ अंकले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार पनि बढेर बन्द भएको छ । आइबार ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको नेप्से आज ११.६९ अंक बढेर २१२९.४२ विन्दुमा बन्द भएको छ ।

आज पाँच अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको भन्दा आज कारोबार रकम घटेको छ । आइतबार ६ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७९ धितोपत्रको एक करोड १९ लाख तीन हजार ६८७ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये पाँचवटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । आज लघुवित्त समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यस समूहको परिसूचक ३.९९ प्रतिशतले वृद्धि भएको छ ।

जीवन बिमा समूहको परिसूचक यसदिन सर्वाधिक ०.९७ प्रतिशतले घटेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साटवटा समूहको परिसूचक ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड पाँच लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार यस कम्पनीको ४९ करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro