site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– दलितले समान अधिकार कहिले पाउने ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले दलितले समान अधिकार कहिले पाउने भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले उच्च जातसँगको विवाहमा दलितले पीडा भोग्नुपरेको बताएका हुन् ।

उनले सप्तरीकी एक २१ वर्षीया युवतीले दलित युवकसँग विवाह गरेको र कपिलवस्तुको अदालतमा दुवैको उमेर २१ वर्ष देखाएर विवाह दर्ता गरिएको घटनाको प्रसंग सुनाए ।

Dabur Nepal
NIC Asia

युवतीको बाबुलाई त्यो कुरा मन नपरेकाले युवतीको उमेर वडाध्यक्षमार्फत घटाउन लगाई युवक र उनका दाजुलाई जेल हालिएको सांसद पन्तले बताए । अहिले मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै उनले वडाध्यक्षलाई नक्कली प्रमाण बनाएकामा कारबाहीको माग गरे ।

“दलित केटाले उच्च जातको केटी ल्याउँदा पनि दलित केटाले उच्च जातको केटासँग जाँदा पनि मारमा दलित नै परेको देखिन्छ । खालि प्रशासनको मात्रै दोष होइन, हामी ठूला राजनीतिक दल (कांग्रेस, एमाले, माओवादी) जनताको बीचमा सामाजिक चेतनाको काम गरेनौँ । समाजमा चेतनाको काम गरेनौँ । समाज रूपान्तरणको कुरामा सरकार र प्रशासनमा मात्रै भर पर्‍यौँ,” उनले भने, “समाजमा यस्ता धेरै केस छन् । आज प्रश्न उठेको छ, दलितले समान अधिकार कहिले पाउने ?”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro