site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुरमा आज बाढीको जोखिम
मनाङको नासोँ गाउँपालिका–१, मर्स्याङ्दी नदी किनारमा अवस्थित ताल गाउँ । वर्षा लागेसँगै नदीको बहाव बढ्दा बस्ती जोखिममा पर्ने गरेको छ । तस्बिर : नवीन लामिछाने/रासस ।

काठमाडौं । देशका केही साना नदीहरूमा आज आकस्मिक बहावको जोखिम रहनेछ । 

सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने तथा केही साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती स्थान भई बहने नदीतटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

dkmg1687749912.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro