site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से चार महिनायताको उच्च विन्दुमा, पाँच महिनायताकै उच्च कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै उच्च हो । फागुन २ गते नेप्से परिसूचक २१०५.४६ विन्दुमा बन्द भएको थियो । त्यसयताका दिनमा नेप्सेले उक्त विन्दु पार गर्न सकेको थिएन ।

आज कारोबार रकम पनि पाँच महिनायताकै उच्च छ । पुस २८ गते पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएकोमा त्यसयता कारोबार रकम पनि कम हुँदै आएको थियो । 

आज ६ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । यसदिन म्युचुअल फन्ड, ऋणपत्रलगायत २७५ धितोपत्रको एक करोड ४७ लाख ५१ हजार २४७ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज जीवन बिमा समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ७.७९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स र साम्लिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, एनएमबि फिप्टीको इकाई मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ४९ करोड ९० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro