site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हेटौँडामा टिपरको ठक्करबाट युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००२ प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गएको वाग्मती प्रदेश ०३–००१ ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडि सवार हेटौँडा–१, जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Dabur Nepal
NIC Asia

ठक्करबाट घाइते कपाडीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात् घर फर्किइसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu