site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कान्तिलोक पथमा पहिरो हटाई यातायात सञ्चालनमा
फाइल तस्बिर ।

मकवानपुर । काठमाडौं र हेटौंडा जोड्ने कान्तिलोकपथमा खसेको पहिरो हटाई यातायात सञ्चालन गरिएको छ ।

ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब ५०० मिटर दक्षिणतर्फ आज बिहान पहिरो खसेको थियो । दिउँसो पहिरो हटाई अपराह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरो खसेपछि हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेका सवारीसाधनलाई मकवानपुरको ठिंगनमा प्रहरीले रोकेको थियो । आज बिहानैदेखि पानी परिरहेकाले मौसममा सुधार आएपछि पहिरो हटाइएको हो ।

मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी, चित्लाङ र थानकोटतर्फको यातायात पनि सञ्चालनमा रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro