site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउने कोसिस गरिरहेका छन् : माधव नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् ।

Argakhachi Cement Island Ad

“ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने आजको पत्रिकामा पढ्नुभयो होला । केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ । सुन्नुभएको छ हैन ?,” उनले भने । 

उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको बताए । 

“कस्तो बिडम्बना, त्यो कम्युनिस्ट पार्टीको चरित्र कस्तो होला ? जुन कम्युनिस्ट पार्टीका नेताले कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर शेरबहादुर दलाल पुँजीवादसँग, उदार पुँजीवादसँग, उदार समाजवादसँग मात्रै आफूलाई शब्द जोडेका छन्,” नेपालले भने,“ उसलाई अघि बढाउन खोजेको छन् । अनेकौँ प्रयास गरेका छन् ।”

समाजवादी मोर्चामा अरू पार्टीलाई पनि आउन आग्रह गरे । उनले मोर्चाबारे ओली बरबराइरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्