site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधवलक्षित झलनाथको कटाक्ष– दुई जनालाई मन्त्री बनाएर पार्टी बन्दैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टीबाट दुईजना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा खनालले पार्टी अध्यक्ष माधवकुमारप्रति लक्षित गर्दै पार्टी बनाउन श्रमिक जनतासँग जोडिनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले वैचारिक, सैद्धान्तिक दिशाहरूलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गरेर अन्तरविरोधको सही पहिचान गर्दै 'प्रधान शत्रु'को सही पहिचान गर्नुपर्ने बताए । 

"दुईजना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुईजना मन्त्री बनायौँ । कार्यनीतिका रूपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकताबद्ध गर्ने हो," उनले भने । 

Global Ime bank

उनले नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको बताए । अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मा ठूलो असन्तुष्टि रहेको उनको दाबी छ । 

"हामीले पहिलो महाधिवेशन पनि गरेका छैनौँ नि पार्टीको । पार्टी बनाउँदै लैजाने, त्यसैले अहिले पनि यो निमित्त पार्टी हो । महाधिवेशनमार्फत निर्वाचित पार्टी बनाइसकेका छैनौँ । महाधिवेशनमार्फत जब निर्वाचित संस्था बनाउँछौँ । हाम्रा विचार पनि त्यही अनुसार संस्थागत हुन्छन् । हामी पार्टी निर्माणको चरणमा छौँ," खनालले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC