site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपराष्ट्रपति कार्यालयले विनियोजन शीर्षकको पुस्तिका उपलब्ध नगराएपछि...
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन भएको छ । उपराष्ट्रपति कार्यालयले विनियोजन शीर्षकको पुस्तिका उपलब्ध नगराएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आपत्ति जनाएपछि बैठक स्थगन भएको हो ।

बैठकमा एमाले सचेतक महेश बर्तौलाले उपपराष्ट्रपति कार्यालयको विनियोजन विधेयक अन्तर्गतको खर्च शीर्षक पुस्तिका सांसदहरुले नपाएको भन्दै आपत्ति जनाएका थिए । “आजसम्म उपराष्ट्रपति कार्यालय उपलब्ध गराइएको छैन । सरकारले उपलब्ध गराउनुपर्ने हो । यो रवैयामा ध्यानाकर्षण गराउँछु । पुस्तिकाबेगर हाउसमा छलफल हुन सक्दैन,” बर्ताैलाले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

जवाफमा सभामुख देवराज घिमिरेले ताकेता गरिरहे पनि पुस्तक नआएको बताए ।

“हामीले समयमै सम्बन्धित शीर्षकका विनियोजन शीर्षकका पुस्तिकाहरू व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौँ । कतिपय कुरा व्यवस्थित हुन सकेको छैन,” सभामुख घिमिरेले भने, “उपराष्ट्रपति कार्यालयले सुरूमै आफ्नो खासै त्यस्तो विकास निर्माण नीतिसँग सम्बन्धित नभएकाले नदिए पनि हुन्छ होला भन्ने सोचाइ राखेको कुरा जानकारीमा आयो । हामीले त्यसरी हुँदैन भनेर ताकेता गरिरहका छौँ । पठाउने तयारीमा हुनुहुन्छ ।”

Global Ime bank

सभामुख घिमिरेले समयभित्र टुंगो लगाउनुपर्ने भएकाले मिलाउने कुरा मिलाउँ, छलफल हुने कुरा छलफल गर्दै जाउँ भन्दै सहमतिका लागि अनुरोध गरेका थिए । तर, पुस्तकबिना छलफल अघि नबढ्ने एमाले अडानपछि बैठक अघि बढ्न सकेन ।

“समयमै छलफल सक्नुपर्छ भन्ने हामी पनि ठान्दछौँ । तर, समयमै सामग्री उपलव्ध नगराइकन छलफल कसरी गर्न सक्छौँ । अहिले हामी विषयमा छलफल गर्न सहभागी हुँदै गर्दा कसरी छलफल हुन्छ,” बर्तौलाले थपे, “एक रूपैयाँ मात्र छुट्याइएको किन नहोस्, छुट्याइएको शीर्षकको बारेमा यो सदनले जानकारी पाउनुपर्छ । पुस्तिाकाबिना छलफल अघि बढाउन सकिँदैन ।”

त्यसपश्चात् सभामुख घिमिरले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC