site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रेम चलाउनेको पक्षमा अन्तरिम आदेश, मुद्दा फिर्ता कार्यान्वयनमा रोक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

त्रिवि समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने नेविसंघका नेताहरूविरुद्ध जिल्ला अदालतमा विचाराधीन ‘ज्यान मार्ने उद्योग’को मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सर्वोच्च पुगेका थिए ।

उनको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरी सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । आदेशसँगै सरकारले फिर्ता लिएको नेविसंघका नेताहरूविरुद्धको मुद्दाबाट अभियुक्तहरूले उन्मुक्ति पाउने प्रक्रिया रोकिएको छ ।

अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तिम फैसला आए अभियुक्तहरूविरुद्धको मुद्दा जारी रहने छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro