site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्दीपले दिलाए तेस्रो सफलता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले दुई खेलपछि विकेट लिएका छन् । सन्दीपले आज (बिहीबार) आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध विकेट लिएका हुन् ।

सन्दीपले १६औं ओभरको तेस्रो बलमा ब्रान्डन किंगलाई बोल्ड गरे । सन्दीप यसअघिका दुई खेल जिम्बाब्वे र अमेरिकाविरुद्ध विकेटविहीन बनेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघिका ३३ खेलमा सन्दीपले लगातार विकेट लिएर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सबैभन्दा धेरै खेलसम्म विकेट लिने खेलाडीको कीर्तिमान बनाएका थिए । सन्दीपले किंग र कप्तान साई होपबीचको ४० रनको साझेदारी पनि तोडे ।

हाल क्रिजमा रहेका होप २२ रनमा खेलिरहेका छन् । वेस्ट इन्डिजले १६ ओभरको समाप्तीमा तीन विकेट गुमाएर ५७ रन जोडेको छ ।

Global Ime bank

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो बलिङ गर्दै छ । खेलका लागि भएको टस जितेपछि नेपाली कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निणर्य गर्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय