site stats
बाह्रखरी :: Baahrakhari
देश
एक सातामा बाढी–पहिरोमा सातजनाको मृत्यु
Argakhachi Cement Island Ad

काठमाडौं । जेठ ३१ गतेदेखि असार ७ गते बिहानसम्म बाढी तथा पहिरोमा १३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका निमित्त सचिव तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख महादेव पन्तले दिगो विकास सुशासन समितिको बैठकमा ७ गतेसम्म १३ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार २६ जना बेपत्ता भएका छन् । 

भोजपुर, गोरखा र नुवाकोटमा एक/एक जनाको मृत्यु भएको छ । ताप्लेजुङ र पाँचथरमा ३/३ जनाको मृत्यु भएको छ भने ३/३ जना बेपत्ता भएका छन् । तनहुँमा पनि दुईजनाको मृत्यु भएको उनले बताए । एक साताको बिचमा बाढी र पहिरोमा ८ जना घाइते भएको जानकारी दिए ।

एक सातामा देशभर बाढी र पहिरोमा ४१ वटा घर पूर्णरुपमा क्षति भएको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्