खेल
काठमाडौं । नेपाल स्क्वास राकेट्स संघले १९औँ एसियाली खेलकुदका लागि बुधबार ६ जना खेलाडी छनोट गरेको छ ।
संघले राउन्ड रोबिन लिगको आधारमा भएको छनोट प्रतियोगितामार्फत खेलाडीहरु छनोट गरेको छ ।
एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीमा पुरुषतर्फ अरहन्त केशर सिंह, अमृत थापामगर र अमिर ब्लोन तथा महिलातर्फ विपना ब्लोन, वृष्णा थापा र स्वस्थानी श्रेष्ठ छन् ।
यस्तै, प्रशिक्षकमा हिराबहादुर थापा र मेनेजर संघका अध्यक्ष किशोर महर्जन छन् । आगामी एसियाडमा नेपालले स्क्वासतर्फ एकल र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
१९औँ एसियाड सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदै छ । आगामी एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदै छ ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८० १२:३४
प्रतिक्रिया दिनुहोस्