site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस र एमाले मिलेर सरकार बनाउन सहज छैन : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् । 

मंगलबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले र कांग्रेसबीच समीकरण भइहाल्ने र नयाँ ढंगले वर्तमान समीकरण बदल्न सहज नरहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले समाजवादी मोर्चा बनाएकोमा कोही पनि तर्सिन आवश्यक नरहेको पनि बताए । समाजवादका आधारस्तम्भ निर्माणका लागि समाजवादी मोर्चा बनेको उनको दाबी छ । 

"कांग्रेस एमालेबीच समीकरण हुन्छ भन्ने मलाई लाग्दैन । अहिले नै एमाले र कांग्रेस बीचमा समीकरण भइहाल्ने र उहाँहरूले नयाँ ढंगले यो समीकरण बदल्न त्यति सजिलो वातावरण र आधार छैन," उनले भने । 

सांसद सापकोटाले समाजवादी आन्दोलनमा विकेन्द्रित हुन नदिने र सबै शक्तिहरट्ठलाई संगठित गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा गठन भएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro