site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टाइटानिकको भग्नावशेषनजिकै गएको पाँचजना सवार पनडुब्बी बेपत्ता
SkywellSkywell

काठमाडौं । इतिहासकै सबैभन्दा ठूलो दुर्घटनामा परेको पानीजहाज टाइटानिकको भग्नावशेषको खोजी गरिरहेको पनडुब्बी बेपत्ता भएको छ । गएको आइतबार उत्तरी एट्लान्टिकमा बेपत्ता भएको पनडुब्बीको खोजी तथा उद्धारकार्य जारी छ ।

टिटान नामक सो पनडुब्बीले डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि अनुसन्धान गर्ने जहाज पोलार प्रिन्ससँगको सम्पर्क टुटेको थियो । पाँचजना अटाउने उक्त पनडुब्बी चार हजार मिटर गहिराइसम्म जान सक्ने क्षमताको छ ।

Dabur Nepal
NIC Asia

पनडुब्बीमा सवार पाँचमध्ये दुई पाकिस्तानी व्यापारी शहजादा दाउद र उनका छोरा सुलेमान रहेको बताइएको छ । त्यहाँ अर्का एक बेलायती व्यापारी एवं अन्वेषक हमिस हार्डिङ रहेको बताइएको छ ।

सोमबार दिउँसो पनडुब्बीको चालक दलका सदस्यसँग बढीमा चार दिनका लागि पुग्ने अक्सिजन बाँकी रहेको आकलन गरिएको छ ।

पनडुब्बी बेपत्ता हुनुअघि हार्डिङले गरेको फेसबुक पोस्टअनुसार फ्रान्सेली अन्वेषक पल हेनरी नार्गोलेट पनि त्यसमा सवार छन् ।

टाइटानिकको भग्नावशेष क्यानडाको न्यु फाउन्डल्यान्डको तटबाट करिब ६०० किलोमिटर टाढा छ ।

टाइटानिक जहाज सन् १९१२ अप्रिल १४ मा दुर्घटनामा परेको थियो । इंग्ल्यान्डको साउथह्याम्प्टनबाट अमेरिकाको न्युयोर्क सहरसम्मको पहिलो यात्रामा टाइटानिक एउटा हिमपहाडमा ठोक्किएको थियो । उक्त दुर्घटनामा जहाजमा सवार दुई हजार २०० मध्ये एक हजार ५०० भन्दा बढी यात्रु समुद्रमा डुबेका थिए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu