site stats
बाह्रखरी :: Baahrakhari
देश
तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीमा सोमबार साँझ पहिरोमा पुरिएर घाइते भएका दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–७ मा बस्दै आएका ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ मा बस्दै आएका ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Argakhachi Cement Island Ad

भीमको उपचारका क्रममा दमौली अस्पतालमा र बलबहादुरको पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

अर्का घाइते झापाको शिवसताक्षी–७ बस्ने ४५ वर्षीय कृष्ण लिङदेनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत सडकछेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीनजना घाइते भएका थिए । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्