site stats
बाह्रखरी :: Baahrakhari
देश
मेहेले पहिरो : बेपत्ता अझै भेटिएनन्
ताप्लेजुङमा आएको बाढीको दृष्य । फाइल तस्बिर ।

ताप्लेजुङ । गएको शनिबार राति ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६, मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजीकार्य जारी छ । स्थानीय र नेपाल प्रहरीले खाजीकार्य जारी राखेका छन् ।

सिदिङ्वा गाउँपालिका–६, मेहेले मुकुभञ्ज्याङमा शनिबार राति खसेको पहिरोमा परी एकै घरका तीनसहित चारजना बेपत्ता भएका थिए । चारमध्ये आइतबार बिहान एकजनाको शव भेटिएको थियो । एकै घरका तीनजना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए ।

Argakhachi Cement Island Ad

मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा–६, मेहेलेमै खसेको पहिरोमा परी बाबुछोराको मृत्यु भएको छ । ६७ वर्षीय केशरबहादुर राई र उनका छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो । सोही पहिरोमा परेका ४५ वर्षीय राजकुमार राईको गम्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको छ ।

पाँचथरमै उनको प्राथमिक उपचार गरिएको थियो । घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगरको न्युरो अस्पतालमा पु¥याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्