site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपाल भन्छन्, ‘भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोगाउन नसकेको भन्दै त्यसले राजनीतिलाई फरक बाटोमा पु¥याएको बताएका छन् ।

समाजवादी मोर्चाको घोषणाका क्रममा अध्यक्ष नेपालले समाजवादी मोर्चा तत्कालीन नेकपाको विकल्प बन्न सक्ने संकेत गरे ।

Argakhachi Cement Island Ad

“हिजो वाम शक्तिहरुको एकताबाट नेकपा हुँदा झण्डै दुईतिहाइ जनमत प्राप्त भएको थियो । व्यक्तिगत स्वार्थ र अहम्ले त्यो एकता जोगाउनका लागि आवश्यक पहल भएन,” नेपालले भने, “भिरमा जाने गोरुलाई राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।”

तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै बोलेका नेपालले उनको नाम भने लिएनन् ।

उनले समाजवादी मोर्चा अग्रगमनको यात्रामा पहिलो खुड्किलो भएको भन्दै सबै नागरिकलाई उत्साहका साथ हिजो नेकपाकै रुपमा हेर्न आह्वान गरे । नेपालले अग्रमन र देशभक्त शक्तिहरुलाई समेट्दै जाने भन्दै हातेमालोका लागि अन्य राजनीतिक शक्तिलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्