site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादी मोर्चा घोषणा : यी हुन् लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीन सत्तारुढ दलसहित चार पार्टीको समाजवादी मोर्चा घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा भएको हो ।

घोषणासभामा मोर्चा आवद्ध दलका तर्फबाट तयार पारेको सहमतिपत्र र मोर्चाको औचित्यसम्बन्धी अवधारणा जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पढेर सार्वजनिक गरेका छन् । उनले अवधारणापत्र पढेपछि मोर्चाका अध्यक्षहरु सिटबाट उठेर हातेमालो गर्दै अवधारणा कार्यान्वयनसहित मोर्चा अघि बढाउने ऐक्यबद्धता जनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मोर्चाको सचिवालयमा चार पार्टीका अध्यक्ष रहने र उनीहरुले आवश्यकताअनुसार अरु नेतालाई जिम्मेवारी तोक्न सक्ने गरी मोर्चाको संगठनात्मक ढाँचा तयार भएको छ ।

मोर्चाका तर्फबाट नीति तथा कार्यक्रम तयार नभइसकेको भन्दै पछि सार्वजनिक गर्ने जसपा नेता श्रेष्ठले बताएका छन् ।

Global Ime bank

मोर्चाले हासिल गर्ने लक्ष्य

– समाजवादको नेपाली बाटो तय गर्ने । 
– विभेदको अन्त्य गर्ने, त्यसका लागि जनदबाब सृजना गर्ने । 
– पिछडिएको क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने ।
–राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा पछाडि पारिएका सिमान्तकृत समुदायका अधिकार प्रत्याभूत गराउने । 
–समावेसी समाज निर्माण गर्ने । 
–समाजवादी अर्थ प्रणाली लागु गर्ने । 
–प्रगतिशील कर प्रणाली लागु गर्ने ।
–स्रोतको समन्यायिक वितरण गर्ने । 
–वैदेशिक रोजगारबाट फर्किएकालाई देशमा लगानीका लागि प्रोत्साहन गर्ने । 
–लगानी बढाउन तीनवटै तहका सरकारलाई क्रियाशील गर्ने । 
–कृषि क्रान्तिमार्फत कृषिमा आधारित नागरिकलाई सम्पन्न बनाउने । 
–आवाससहितमा नागरिकको पहुँच पु¥याउने 
–आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने । 
–जैविक विविधता र पर्यावरण संरक्षण गर्ने । 
–शासकीय सुधार गर्दै भ्रष्टाचार, कुशासन अन्त्य गर्दै सुशासन कायम गर्ने । 
–संघीयता कार्यान्वयनका लागि तीन तहका सरकारको क्षेत्राधिकार स्पष्ट पार्ने ।
–प्रदेश र स्थानीय तहलाई सक्षम बनाउन काम गर्ने । 
–राष्ट्रहितका लागि स्वतन्त्र र असंलग्न परराष्ट्र नीति लागु गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement