site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
डिजिटल नेपाल कन्क्लेभका लागि ह्वावे र आईएफएनबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । ह्वावे र आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)ले डिजिटल नेपाल कन्क्लेभ, २०२३ आयोजनामा सहकार्य गर्ने भएका छन् ।

असार ८ र ९ गते काठमाडौंमा हुने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ, २०२३ का लागि दुवै पक्षबीच सम्झौता भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

डिजिटल नेपाल कन्क्लेभ, २०२३ को उद्देश्य नीति निर्माता, उद्योग विशेषज्ञ, विचारधाराका साथै विभिन्न इकोसिस्टम साझेदारहरूलाई एकै ठाउँमा ल्याएर राम्रो र डिजिटल रूपमा सक्षम नेपाल निर्माणका लागि छलफल गर्नु रहेको छ ।

कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरूको सहभागिता रहने छ ।

Global Ime bank

ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले सम्बन्धित संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन् । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति भएको छ ।

'डिजिटल्ली सक्षम, सबल नेपाल' भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रूपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससँग सम्बन्धित आवश्यक नीति नियमहरू र तिनको कार्यान्वयन पक्षमाथि विशेष जोड दिने छ ।

डिजिटल नेपाल कन्क्लेभ, २०२३ को प्रीइभेन्ट अभियानको रूपमा, आईएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० पनि आयोजना गरेको छ । डिजिटल नेपाल कन्क्लेभ गत वर्ष आइएफएनद्वारा सुरु गरिएको एउटा कार्यक्रम हो ।

डिजिटल नेपाल कन्क्लेभ, २०२३ को साथसाथै, ह्वावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल कांग्रेस (एमएनसी) आयोजना गर्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय