site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५२ अंक बढ्दा चार महिनायताकै उच्च विन्दुमा नेप्से

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो ।

गत फागुन २ गते २१०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घटेर साढे १८०० विन्दुभन्दा तल झरेको थियो ।

आज गत साताको अन्तिम कारोबार दिन बिहीबारको तुलनामा सेयर कारोबार रकम पनि वृद्धि भएको छ । यसदिन चार अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार तीन अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन कारोबारमा आएका १३ वटा समूहमध्ये वाणिज्य बैंक समूहको परिसूचक घटेको छ भने बाँकी समूहहरूको परिसूचक वृद्धि भएको छ । यो समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा जीवन बिमा समूह रहेको छ । यो समूहको ६.३८ प्रतिशतले परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि हुँदा यो समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८० धितोपत्रको एक करोड २० लाख ९५ हजार ९६६ कित्ता खरिद–बिक्री भएको छ । यसदिन लगानीकर्ताको कुल सम्पत्ति (कुल बजारपुँजीकरण) ३० खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ ।

आज १४ वटा कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । शुभम् पावर लिमिटेडको सेयर मूल्य भने ५.५८ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२७ रुपैयाँ कायम भएको छ ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro