site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुरक्षाकर्मीप्रति सांसदको प्रश्न– जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ?
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै सत्यतथ्य छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यही असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फी रूपमा सो जमिनमा नापजाँच गर्दा नेपालका सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै आपत्ति जनाए ।

Dabur Nepal
NIC Asia

उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रूपमा नापजाँच गर्ने काम सामान्य र स्वाभाविक नभएको उल्लेख गरे ।

“म आज भारतीयपक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गइरहेको छु । असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेसनल हाइवे सर्भे गर्ने भन्दै कञ्चनुपरको भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे । सर्भेका सामानसहित आएका ती प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइँको समेत पाएनन् । के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत म सरकारलाई प्रश्न सोध्न चाहन्छु,” उनले भने, “बरु, सुरक्षाकर्मीभन्दा त्यहाँका स्थानीय धेरै जागरुक र सचेत देखिए सभामुख महोदय । उनीहरूले गलत काम भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपालीपक्षसँग समन्वय नै नगरी एकतर्फी रूपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वाभाविक मान्न सकिँदैन, सभामुख महोदय । त्यसैले त्यसको सत्यतथ्य छानबिनका लागि म सम्माननीय सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।”

उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीलाई उचित रूपमा परिचालन गर्न पनि सरकारलाई सचेत गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro