site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वप्रेमिकालाई भेट्न अनुमति दिने महिलाको चर्चा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आफ्नो पतिलाई क्यान्सरपीडित उनकी पहिलो प्रेमिकालाई भेट्न अनुमति दिने एक ताइवानी महिलाको प्रशंसा भइरहेको छ ।

तीन सन्तानकी आमा ती महिलाले यही जुन ७ मा ताइवानी अनलाइन फोरम बाओलियाओ कम्युनमा एक पोस्ट गरेकी थिइन् । उक्त पोस्टमा उनले पूर्वप्रेमीलाई भेट्दा आफ्नो वर्तमान पार्टनरप्रति नकारात्मक दृष्टिकोण राख्नेहरूदेखि छक्क परेको बताएकी छन् ।

यसै सन्दर्भमा उनले आफ्नो तीन वर्षअघिको अनुभव सुनाएकी छन् । उनी र उनका पतिले १४औँ वैवाहिक वर्षगाँठ मनाएका थिए । त्यसपछि उनका पतिले टर्मिनल क्यान्सर भएर मृत्युशय्यामा रहेकी पूर्वप्रेमिकालाई भेट्न जानका लागि सोधेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पूर्वप्रेमिकाकी कान्छी बहिनीले उनलाई फोन गरेकी थिइन् । आफूलाई अन्तिमपटक भेट्ने उनको सबैभन्दा ठूलो इच्छा रहेको ती पुरुषले आफ्नी श्रीमतीलाई बताए ।

श्रीमतीले स्वीकृति नदिएको अवस्थामा भेट्न नजान समेत ती पुरुष तयार थिए । तर, उनीहरू दुवैजना अस्पताल गए ।

Royal Enfield Island Ad

ती महिलाले आफ्नो पतिलाई पूर्वप्रेमिकासँग एक्लै बस्न अनुमति दिइन् । आफू अस्पतालको वार्ड बाहिर पर्खिरहिन् ।

त्यसपछि क्यान्सरग्रस्त ती महिलाले उनलाई पनि वार्डमा बोलाइन् र श्रीमान्लाई आफूसँग भेट्न आउन दिएकामा धन्यवाद दिइन् । “उनी बिरामी भए पनि धेरै सुन्दर थिइन्,” उनले भनेकी छन् ।

आफ्ना पतिलाई जुनसुकै बेला ती महिलालाई भेट्न जान दिएको उनले बताएकी छन् । साथी र परिवारको अस्वीकृतिका बाबजुद पनि आफूले त्यसरी जान दिएको उनको भनाइ छ । तर, ६ महिनापछि ती महिलाको मृत्यु भएको उनले उल्लेख गरेकी छन् ।

उनले पूर्वप्रेमी/प्रेमिकालाई भेट्ने विषय गलत नभएको बताएकी छन् । एकार्काबीच विश्वास हुनुपर्नेमा उनले जोड दिएकी छन् । पतिपत्नीबीच विश्वास नै नभए कसरी जीवन सँगै बिताउन सकिन्छ भनेर उनले प्रश्न समेत गरेकी छन् । यो घटनापछि दुवैजनाबीचको सम्बन्ध झनै समझदारीपूर्ण भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro