site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
मनोज मुन्तशिरको विवादास्पद अभिव्यक्ति– नेपाल भारतकै हिस्सा थियो 

काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’का संवाद लेखक मनोज मुन्तशिरले कुनै बेला नेपाल भारतकै हिस्सा रहेको अभिव्यक्ति दिएका छन् ।

भारतीय टेलिभिजन आजतकसँगको कुराकानीका क्रममा उनले सन् १९०४ मा मात्र नेपाल भारतबाट अलग भएको झुटो जिकिर गरेका हुन् ।

Dabur Nepal
NIC Asia

“नेपालको विरोध मैले बुझ्न सकेको छैन । जति बेलाको कहानी हो, त्यति बेला नेपाल भारतकै हिस्सा थियो । नेपाल १९०४ मा मात्र भारतबाट अलग भएको हो,” ‘आदिपुरुष’बारे भइरहेको विरोधका विषयमा उनले भने ।

कुनै बेला नेपाल भारतको हिस्सा रहेको र सीता भारतकै छोरी भएको उनको भनाइ छ ।

‘आदिपुरुष’मा ‘सीता भारतकी छोरी’ भन्ने संवाद छ । नेपालमा त्यसको चर्को आलोचना भइरहेको छ । तथ्यलाई बंग्याइएको आलोचकको तर्क छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro