site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताप्लेजुङ र पाँचथरमा आज बाढीको उच्च जोखिम
संखुवासभाको चैनपुर र पाँचखपन नगरपालिकाको सिमाना भई बग्ने हेवाखोलामा शनिबार राति आएको भीषण बाढीले चैनपुर–बारबिसे सडकखण्डअन्तर्गत दोभानेको मोटरेबल पुलसहित आसपासका बस्तीमा पुर्‍याएको क्षति । तस्बिर : सुजन बज्राचार्य/रासस ।

काठमाडौं । देशका विभिन्न नदीहरूमा पानीको बहाव बढ्न थालेको छ । वर्षासँगै नदीमा बहाव बढेको हो ।

तमोर र यसका सहायक तथा कन्काई नदीमा आज बिहान जलसतह सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज त्रिवेणीस्थित तमोर नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस्तै, ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, दोलखा, लमजुङ, गोरखा भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्ने पूर्वानुमान छ । ताप्लेजुङ र पाँचथरमा आज बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

aafd1687059885.jpg

354966444_633484775480316_4110136957341869432_n1687059900.jpg

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro