देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बेपत्ता भएकाहरुको खोजी, उद्दार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् । साथै आआफ्नो ठाउँबाट सहगोग गर्न आमसमुदायलाई अपिल समेत गरेका छन् ।
बाढीपहिरोबाट ताप्लेजुङ, पाँचथर र संखुवासभामा मानिसहरू बेपत्ता छन् । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० ०८:४४
प्रतिक्रिया दिनुहोस्