site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शरणार्थी प्रकरणमा जोडिएकालाई पार्टीबाट निकाल्न रवि लामिछानेले दिए चुनौती
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्कासन गर्न चुनौती दिएका छन् ।

रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को प्रथम क्षेत्रीय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुनासाथ साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्कासन गर्न सम्बन्धित दललाई चुनौती दिएका हुन् ।

सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरु पूर्पक्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुनः निर्वाचन हुने गरी निष्कासन गरे आफूहरु प्रतिष्पर्धामा उत्रने उनले बताए ।

रास्वपाभित्र भ्रष्टाचारलगायतका क्रियाकलाप मात्रै नभएर सपनामा पनि भ्रष्टाचार गरिएको देख्न पाउने छुट नरहेको उल्लेख गर्दै लामिछानेले मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको र जनताले चाहेको परिवर्तन बल्ल सुरु हुन लागेको बताए ।

उनले देशका विभिन्न स्थानमा बजेको घण्टीको आवाज अब नरोकिने भन्दै आगामी निर्वाचनकेन्द्रित कार्यक्रममा जुट्न आह्वान गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro