राजनीति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्ततर्फका वकिलको बहस सकिएसँगै आज जवाफी बहस हुने भएको छ । आज सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्दै अभियुक्त तर्फका वकिलले उठाएको कानुनी प्रश्नको जवाफ दिने बताइएको छ ।
जवाफी बहस जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले गर्नेछन् । शुक्रबार (आज) दिउँसो २ बजेसम्म जवाफी बहस गर्न दिएर आजनै नै अभियुक्तहरूलाई थुनामा पठाउने/नपठाउने आदेश हुने आँकलन गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० ०५:१५
प्रतिक्रिया दिनुहोस्