site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

विधान अधिवेशनको तयारी गर्न आगामी असार ९ गतेका लागि बैठक बोलाइएको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र संगठनहरूले पठाएको सुझावहरू समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुनेछ । केन्द्रीय समिति सदस्यहरूलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ ।

जसपाले असार १० देखि १२ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र संगठनबाट गरी ७७८ प्रतिनिधि विधान अधिवेशनमा सहभागी हुँदै छन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरू रहेका छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४२३ केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुनेछन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro